प्रधानमन्त्री बालेन र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

Thankot Times

थानकोट ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भइरहेको छ ।

सोमबार (भदौ १५) दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।

रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, उद्धार, राहत, पुर्स्थापनालगायत विषयमा उनीहरूबीच कुराकानी हुँदै छ । प्रधानमन्त्री बालेन रास्वपाका वरिष्ठ नेता समेत हुन् ।

भदौ १० गतेको विनाशकारी बाढीमा परी हालसम्म ९०० भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । अझै ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *