सुनचाँदीको मूल्य घट्यो
थानकोट ।
नेपाली स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
सुन प्रतितोला ५ सयले घटेर प्रतितोला सुन तीन लाख छ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमafर भने सुन तीन लाख छ हजार ६ सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदी मूल्य पनि घटेको छ ।
चाँदी १५ रुपैयाँले घटेर आज प्रतितोला चार हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सोमबार चाँदी चार हजार ७ सय ८० रुपैयाँमा कायम भएको थियो ।










