नेपाली बजारमा सुन-चाँदीको भाउ बढ्यो

Thankot Times

थानकोट ।

नेपाली बजारमा आज (शुक्रबार) पनि सुन-चाँदीको भाउ बढेको छ।

बिहीबार प्रतितोला सात हजार ६ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा दुई हजार पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख सात हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।

बिहीबार सुन प्रतितोला तीन लाख चार हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ।

बिहीबार प्रतितोला चार हजार सात सय २५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार सात सय ६५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रूपैयाँ बढेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ