दोस्रो ग्यालेक्सी फुटसलः यू-१४ विधामा ब्राइट फ्यूचर दोश्रो

Thankot Times

थानकोट ।

काठमाडाैंको ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलको आयोजनामा दोस्रो ग्यालेक्सी फुटसल प्रतियोगिता-२०८३ सम्पन्न भएको छ ।

विद्यालयस्तरमा रहेका फुटसल प्रतिभालाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजित प्रतियोगितामा यू–१२, यू–१४ र यू–१६ छात्र तथा यू–१६ छात्रा विधामा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको यू १२ छात्रको उपाधि लिटिल एन्जेल्स स्कुलले जितेको छ ।

यस विधामा जोन डिवे स्कुल दोश्रो हुँदा डीएभीले तेस्रो स्थान प्राप्त गर्यो ।

यू १४ छात्रको उपाधि विद्यावाणी पाठशालाले जित्दा नैकापस्थित ब्राइट फ्यूचर दोश्रो भयो । यो विधामा भेनस पब्लिकले तेस्रो स्थान हात पार्यो । ब्राइट फ्यूचरले यो विधामा फेयर प्ले को उपाधि समेत जितेको छ ।

यू १६ छात्रातर्फ जोन डिवे स्कुल पहिलो हुँदा आयोजक ग्यालेक्सी पब्लिक स्कुल दोश्रो भयो ।

दी एक्सिलेसर स्कुलले तेस्रो स्थान प्राप्त गर्यो ।

यस्तै, यू १६ छात्रतर्फ ब्लुम् नेपाल स्कुल पहिलो, सम्टेन मेमोरियल स्कुल दोश्रो र आयोजक ग्यालेक्सी पब्लिक स्कुल तेस्रो भयो ।

प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो हुने टोलीलाई ग्यालेक्सी पब्लिक स्कुलकी गीता क्षेत्री राणाले पुरस्कार वितरण गरेकी थिइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *