नेपाल प्रिमियर लिगको ओटीटी प्रसारणको अधिकार नेट टीभीले पायाे
थानकोट ।
नेपाल प्रिमियर लिग (एनपीएल) को ओटीटीतर्फ प्रसारण अधिकार नेट टीभीले पाएको छ ।
एनपीएल २०२६ को ओटीटी (ओभर–द–टप) डिजिटल प्रसारण अधिकारका लागि भएको बोलपत्र प्रक्रियामा नेट टीभी ओटीटी उच्चतम बोलपत्रदाता बनेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएल २०२६ को ओटीटी प्रसारण अधिकारका लागि आह्वान गरेको बोलपत्रमा नेट टीभी ओटीटीले सबैभन्दा बढी रकमको प्रस्ताव पेस गरेको हो ।
यससँगै एनपीएल २०२६ का खेल नेट टीभी ओटीटीको डिजिटल प्लेटफर्ममार्फत प्रसारण हुने भएको छ । एनपीएलका खेल टेलिभिजनसँगै ओटीटी माध्यमबाट समेत हेर्न सकिनेछ ।
एनपीएल नेपालमा आयोजना हुँदै आएको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो । प्रतियोगितामा विभिन्न टोलीले प्रतिस्पर्धा गर्दै आएका छन् ।










