नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण आजदेखि सुरु हुँदै

Thankot Times

थानकोट ।

नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करण आजदेखि सुरु हुँदै छ ।

प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्दै छन् ।

एनभीएलमा सहभागी ६ टोलीले सिंगल राउन्ड रोबिन प्रणालीमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्षस्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् ।

एनभीएलको पहिलो संस्करणमा सगरमाथा स्म्यासर्स, मधेस वारियर्स, काठमाडौं रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, कर्णाली यशविस र खप्तड फाल्कन्स सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् ।

केडिया ग्रुपको आयोजनामा हुने लिगको उद्घाटन खेलमा  सगरमाथा र मधेस आमनेसामने हुँदै छन् । खेल त्रिपुरेश्वरस्थित दशरथ राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा दिउँसो  ४ बजे सुरु हुनेछ ।

आजै राति ७ बजे सुरु हुने खेलमा अन्नपूर्ण  र कर्णालीबीच प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले २० लाख रुपैयाँ  प्राप्त गर्नेछ ।

पहिलो दिनको टिकट बिक्रीबाट संकलित सम्पूर्ण रकम बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने यसअघि नै घोषणा भइकसेकेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ