चन्द्रागिरि-कीर्तिपुर क्षेत्रमा बसोबास गर्ने रसुवा बाढी पीडितका सन्ततिलाई मेघा स्कुलले निःशुल्क पढाइदिने

Thankot Times

थानकोट ।

गत भदाै १० गते रसुवास्थित भोटेकोशी नदीमा एको बाढीपछि प्रभावित भएका नागरिकहरूका सन्ततिलाई मच्छेगाउँस्थित मेघा स्कुलले निःशुल्क पढाइदिने भएको छ ।

विद्यालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ-

आदरणीय अभिभावक ज्यू, तपाँईहरुको जिल्ला रसुवा-नुवाकोटमा बाढीले गर्दा धनजनको ठुलो क्षति भएकोले ठुलो दुःख लागेको छ । कोहि तपाँईंको आफन्त जिल्लाबासी विस्थापित भएर कीर्तिपुर, चन्द्रागिरिमा बस्न आउनु भएको भए उहाँको नानिबाबुलाई हाम्रो स्कुलले निःशुल्क पढाइदिने छ। 

विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख २१ हजार १११ रुपैयाँ समेत सहयोग गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *