विद्युतीय खरिद प्रणालीमा समस्या आएको भन्दै चन्द्रागिरि नगरपालिकाद्वारा विभिन्न ४ वटा बोलपत्र रद्ध

Thankot Times

थानकोट ।

विद्युतीय खरिद प्रणालीमा समस्या आएको भन्दै चन्द्रागिरि नगरपालिकाले एक साथ चारवटा बोलपत्र (ठेक्का) रद्ध गरेको छ ।

आज बुधबार गोरखापत्र दैनिकमा एक सूचना जारी गर्दै नगरले गत भदाै ११ गतेका लागि पूर्वनिर्धारित बोलपत्र खोल्ने अन्तिम दिन विद्युतीय खरिद प्रणालीमा आएको प्राविधिक समस्याका कारण कुनैपनि बोलपत्र खोल्न नमिल्ने भएको साथै, सार्वजनिक खरिद अनुगमन कार्यालयको सूचना अनुसार हाल सञ्चालनमा आएको इ जीपी प्रणाली मर्मत सम्भार भइरहेको हुनाले अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न ४ वटा बोलपत्र रद्ध गरिएको जनाएको हो ।

प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपालीका अनुसार रद्ध भएका बोलपत्रहरूमा चन्द्रागिरि वडा नं. ९ र र १५ अन्तर्गत तीनथाना-मच्छेगाउँ सडक स्तरोन्नति आयोजना, चन्द्रागिरि वडा नं. १३ अन्तर्गत कंकालीदेखि पिपलबोट सम्मको सडकको स्तरोन्नति आयोजना, चन्द्रागिरि वडा नं. २ अन्तर्गत नागढुङ्गा भोटे खोल्छा हुँदै मितेरी क्षेत्रको वस्ती तथा सडक संरक्षण आयोजना र चन्द्रागिरि वडा नं. १२ अन्तर्गत चुनदेवी चोकदेखी वडा कार्यालय हुँदै बलम्बु विद्यालयसम्मको सडकको स्तरोन्नति आयोजनाको ठेक्का रद्ध भएको हो ।

सूचना हेराैं


Leave a Reply

Your email address will not be published. Required fields are marked *