भाेटेकाेशी बाढी: १ हजार ३६७ वटा शव फेला, ५ हजार १३२ जना सम्पर्कविहीन

Thankot Times

थानकोट ।

रसुवाको भोटेकोशी नदीमा गएको भदौ १० गते आएको विनाशकारी बाढीको आज १५औँ दिन भएको छ ।

अहिलेसम्म १ हजार ३६७ जनाको शव भेटिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

अहिलेसम्म रसुवामा १७४, नुवाकोटमा १९७, धादिङमा ७०, गोरखामा ७५, तनहुँमा ३८, चितवनमा ३६३, नवलपरासी पूर्वमा २२६ र नवलपरासी पश्चिममा २२२ वटा शव भेटिएको छ ।

यस्तै, उपचारका क्रममा काठमाण्डौमा २ जनाको ज्यान गएको छ ।

भेटिएको शवमध्ये १०२ वटा सनाखतपछि आफन्तलाई बुझाइएको छ ।

प्राधिकरणका अनुसार अहिलेसम्म १३ हजार ६४६ जनाको उद्धार भएको छ । उद्धार गरिएकामध्ये ३ हजार ६२८ जनाले रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन् ।

अझै ५ हजार १३२ जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ । सम्पर्कविहीन हुनेमध्ये सबैभन्दा धेरै रसुवाबाट २ हजार ८६० र नुवाकोटबाट १ हजार ३९३ जना छन् । बाँकी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन् ।

प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापनालगायतका कामलाई तीव्र पारेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ