एसीसी प्रिमियर कपको उपाधी नेपाललाई, उपाधीसँगै नेपाल दोस्रोपटक एसिया कपमा छनोट

Thankot Times

थानकोट ।

नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ ।

शनिबार मलेसियामा भएको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) लाई हराउँदै नेपालले प्रतियोगिताको उपाधि जितेको हो ।

उपाधि जितेसँगै नेपाल दोस्रोपटक एसिया कपमा छनोट भएको छ ।

खेलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई २६८ रन बनाउँदा अल आउट भयो । नेपाल ४४ रनले विजयी भयो ।

यूएईका लागि राहुल चोप्राले अविजित १०० रन प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन । त्यस्तै यूएईका सोहैब खान ५२ तथा तनिश सुरीले ४२ प्रहार गरे ।

नेपालका करन केसीले ३ तथा ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ११३ रन बनाएको थियो ।

नेपालका आशिफ शेखले १०२, गुल्सन झाले ५२, अर्जुन कुमालले ४३ तथा रोहित पौडेलले ४० रन बनाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ