चन्द्रागिरि नगर प्रहरीका लागि भर्ना प्रकृया सुरु, ३३ पदमा ५५८ जनाको दरखास्त
थानकोट ।
चन्द्रागिरि नगरपालिका नगर प्रहरी सेवामा रोजगारीका लागि ५५८ जनाले दरखास्त दिएका छन् ।
गत साउन ९ गते नगरले नगर प्रहरी जवान पदमा दरखास्त माग गरेकोमा प्राप्त दरखास्त मध्ये ५५८ जनाले प्रारम्भिक परीक्षा दिनेछन् ।
जसअनुसार शनिबार महिलाहरूको पहिलो चरणको परीक्षा सम्पन्न भएको छ ।
१९२ जना महिला उम्मेदवारले सो परीक्षा दिएकोमा ८५ जना दोश्रो चरणका लागि छानिएका छन् ।
३६६ जना पुरुष उम्मेदवारहरूको प्रारम्भिक चरणको परीक्षा भोलि (आइतबार) देखि सुरु हुने चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।










