एनपीएल-३ को खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको तालिकाअनुसार प्रतियोगिता आगामी अक्टोबर २६ (कार्तिक १०) देखि सुरु हुनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

क्यानका अनुसार लिग चरणका खेलहरू कार्तिक २९ गतेसम्म चल्नेछन्। त्यसपछि कात्तिक ३० गते विश्राम रहनेछ भने मंसिर १ गते पहिलो क्वालिफायर खेल हुनेछ। यस्तै मंसिर २ गते एलिमिनेटर र मंसिर ३ गते दोस्रो क्वालिफायर खेल सञ्चालन हुनेछ। प्रतियोगिताको फाइनल खेल नोभेम्बर २१ (मंसिर ५ गते) मा हुने तालिका रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *