असोज १७ गते थानकोटदेखि चित्लाङसम्म १० माइल क्रश कन्ट्री दाैड हुँदै

Thankot Times

थानकोट ।

बैकुण्ठ मानन्धर खेल नेपालको आयोजनामा यही असोज १७ गते शनिबार थानकोट देखि चित्लाङसम्म क्रश कन्ट्री दाैड प्रतियोगिता हुने भएको छ ।

१० माइलको सो दाैड थानकोट कोतघरबाट सुरु हुने छ ।

थानकोट-चन्द्रागिरि भञ्ज्याङ-चित्लाङ रुटमा सञ्चालन हुने सो दाैड प्रतियोगिता बिहान ६ बजे सुरु हुनेछ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले असोज १५ गतेभित्र नाम दर्ता गरिसक्नुपर्ने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *