प्रधानमन्त्री बालेन र मलेशियाका समकक्षीबीच टेलिफोन वार्ता
थानकोट ।
प्रधानमन्त्री बालेन शाह र मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच टेलिफोन वार्ता भएको छ ।
वार्तामा नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा दुवै देशका सरकार प्रमुखबीच उच्चस्तरीय छलफल समेत भएको छ ।
प्रधानमन्त्री शाह र मलेसियाका समकक्षी इब्राहिमबीच आज बिहान भएको टेलिफोन वार्तामा सो विषयमा गहन संवाद भएको हो।
छलफलका क्रममा प्रधानमन्त्री शाहले मलेसियाली समकक्षीसँग नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीका क्षेत्रमा विद्यमान सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई पूर्ण रूपमा अमान्य रहेको स्पष्ट पारे ।
उनले यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्तिले श्रमिकहरू शोषणमा परेको भन्दै यसको स्थायी समाधानका निम्ति दुवै देशले संयुक्त पहल गर्नुपर्नेमा जोड दिए ।














