एसियाली खेलकुदः भलिबल- वरीयताका लागि भएको खेलमा पनि नेपाल पराजित
थानकोट ।
पाली राष्ट्रिय महिला भलिबल टोलीले २०औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा १२औँ स्थानमा रहेर यात्रा टुंग्याएको छ।
मंगलबार जापानको ओकाजाकी चुओ सोगो पार्कमा भएको खेलमा नेपाल मंगोलियासँग ३-० को सोझो सेटमा पराजित भएको हो।
११औँ स्थानका लागि भएको खेलमा नेपाल मंगोलियासँग २३-२५, १७-२५ र १३-२५ ले पराजित भयो।
नेपाललाई पराजित गरेपछि मंगोलियाले ११औँ स्थानमा रहेर एसियाड सकाएको हो।
समूह चरणमा नेपाल जापान र इन्डोनेसियासँग ३-० को सोझो सेटमा पराजित भएको थियो।
क्लासिफिकेसन खेलमा भने किर्गिस्तानलाई २५-२०, २५-१६ र २५-२० ले हराउँदै पहिलो जित दर्ता गरेको थियो। एसियाडमा नेपालले एक खेलमा मात्र जित निकाल्यो।
सोमबार नवौँदेखि १२औँ स्थानसम्मका लागि भएको खेलमा नेपाल हङकङसँग ३-० कै सोझो सेटमा नै पराजित भएको थियो।














