थानकोटदेखि चित्लाङसम्म १० माइल क्रश कन्ट्री दाैडको मिति सर्यो, अब कार्तिक १४ मा हुने

Thankot Times

थानकोट ।

बैकुण्ठ मानन्धर खेल नेपालको आयोजनामा यही असोज १७ गते शनिबार थानकोट देखि चित्लाङसम्म क्रश कन्ट्री दाैड प्रतियोगिता हुने तय भएको प्रतियोगिताको मिति पछि सारिएको छ ।

प्रतिकुल माैसमका कारण यसअघि निर्धारित कार्यक्रम कार्तिक १४ गते शनिबारका लागि सारिएको आयोजकको भनाइ छ ।

१० माइलको सो दाैड थानकोट कोतघरबाट सुरु हुने छ ।

थानकोट-चन्द्रागिरि भञ्ज्याङ-चित्लाङ रुटमा सञ्चालन हुने सो दाैड प्रतियोगिता बिहान७ बजे सुरु हुनेछ ।

प्रतियोगितामा सहभागी हुन इच्छुकहरूले असोज १५ गतेभित्र नाम दर्ता गरिसक्नुपर्ने बताइएको छ ।

९८५१०९६८९०, ९८४३७४००२३, ९८४३७११७६३ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *