स्थानीय चुनावमा पनि एमाले-नेकपाबीच सहकार्य: प्रचण्ड

थानकोट ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले-नेकपाबीचको सम्बन्ध स्थानीय चुनावमा पनि हुने बताएका छन् ।

प्रदेशमा सत्ता साझेदारीमा रहेका दुई पार्टीको सहकार्य स्थानीय चुनावमा आवश्यक रहेको उनले बताए । ” यो सहकार्यलाई प्रदेश सरकारमा मात्रै होइन, आउने दिनमा सदनभित्रको बहसमा र निर्वाचनसम्म सुदृढ गर्दै लैजानुपर्ने हुन्छ”, उनले भने ।

दुई पार्टीबीचको सहकार्य सरकार सञ्चालनमा मात्रै सीमित नराखेर वैचारिक रूपमा थप सुदृढ गर्नुपर्ने उनले बताए ।

संयोजक दाहालले विद्यमान राजनीतिक परिस्थितिबाट निराश नभई अनुशासित र धैर्यतापूर्वक संगठन निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ