सतुङ्गलस्थित एक कबाडी संकलन केन्द्रमा भीषण आगलागी, आगो निभाउन ५ वटा दमकल बोलाइयो

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नं. १० सतुङ्गलस्थित हीरा इट्टाभट्टा नजिकै शनिबार राति एक कबाडी संकलन केन्द्रमा भीषण आगलागी भएको छ । 

प्रहरीका अनुसार रमेश पोदारले सञ्चालन गर्दै आएको सो केन्द्रमा राति करिब ११ बजे आगलागी हुँदा प्लास्टिक तथा अन्य कवाडी सामान जलेको छ । 

भीषण आगलागी भएपछि सो नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिका, नेपाल आयल निगम, काठमाडौं महानगरपालिकाको जुद्ध बारुण यन्त्रका २, ललितपुर महानगरपालिकाको जुद्ध बारुण यन्त्र गरि ५ वटा दमकल प्रयोग भएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी, चन्द्रागिरि नगर प्रहरी, स्थानीयबासी लगायतको सक्रियतामा राति १२ बजे आगो नियन्त्रणमा आएको बताइएको छ । यद्यपी आगो पूर्ण रूपमा ननिभेको प्रहरीको भनाइ छ ।

आगलागीबाट भएको क्षतिको विवरण भने प्राप्त हुन बाँकी रहेको  छ। 

सो कवाड केन्द्रमा केही वर्षअघि पनि भीषण आगलाती भएको थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ