नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु, निर्वाचन कार्यक्रम सार्वजतिक

Thankot Times

थानकोट ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सोमबारदेखि बन्द सत्र सुरु हुने भएको छ।

आइतबार उद्घाटन सत्र भएको महाधिवेशनमा भाेलि बिहानदेखि बन्द सत्र सुरु हुन लागेको हो।

कांग्रेस प्रवक्ता देवराज चालिसेले बन्द सत्र बिहान ९ बजेदेखि सुरु हुने जानकारी दिए। ‘हामीले प्रतिनिधिहरूलाई बिहान ८ बजे बन्द सत्र स्थलमा बोलाएका छौँ, बिहान खाजा खाएपछि बन्द सत्र सुरु हुन्छ, त्यो सुरु हुँदा ९ बज्ला,’प्रवक्ता चालिसेले रातोपाटीसँग भने।

सोमबारको बन्दसत्रमा सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक र समसामयिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। त्यस्तै विधान मस्यौदा समितिको तर्फबाट विधान संशोधनको प्रतिवेदन प्रस्तुत हुनेछ । साथै आर्थिक प्रतिवेदन पनि भोलि नै प्रस्तुत गरिने प्रवक्ता चालिसेले बताए।

यसैबीच नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ।

केन्द्रीय निर्वाचन समितिले आइतबार साँझ निर्वाचन कार्यक्रम सार्वजनिक गरेकाे हाे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ