नेपाली बजारमा आज सुनको मूल्य घट्यो

Thankot Times

थानकोट ।

स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।

सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, यस दिन छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला दुई लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ४० रुपैयाँ बढेर चार हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ