साल्ट ट्रेडिङलाई ३ लाख रुपैयाँ जरिवाना !

Thankot Times

थानकोट ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई ३ लाख रुपैयाँ जरिवाना तोकेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको देखिएको भन्दै विभागले साल्ट ट्रेडिङलाई ३ लाख जरिवाना गराउने निर्णय गरेको हो ।

जरिवाना रकम सात दिनभित्र तिर्न आदेश दिएको छ । तोकिएको अवधिभित्र जरिवाना रकम नबुझाए  थप कारबाही हुनेसमेत आदेशमा उल्लेख छ ।

यस्तै, उक्त आदेश चित्त नबुझेमा आदेश प्राप्त भएको सात दिनभित्र जरिवाना रकमको ५० प्रतिशत रकम धरौटीस्वरूप सम्बन्धित खातामा जम्मा गरी विभागका महानिर्देशकसमक्ष पुनरावलोकनका लागि निवेदन दिन सकिने व्यवस्था रहेको जानकारीसमेत गराइएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनले उपभोक्ता संरक्षणसम्बन्धी कानुनी प्रावधान उल्लंघन गरेको ठहर गर्दै जरिवाना गरिएको उल्लेख छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *