आईसीसी पुरुष विश्वकप लिग-२: नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै
थानकोट ।
आईसीसी पुरुष विश्वकप लिग– २ मा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै छ ।
यो प्रतिस्पर्धा ओमानको घरेलु मैदानमा नेपाली समयअनुसार आज बिहान ११:१५ बाट सुरु हुनेछ ।
आजको खेल नेपालको लागि निकै महत्त्वपूर्ण छ । लिग– २ मा खराब नजिता ल्याएको नेपाललाई शीर्ष ६ मा रहँदै एकदिवसीय क्रिकेट (ओडीआई) को मान्यता कायम राख्न यो खेल जित्नै पर्नेछ ।
नेपालका लागि लिग २ को यो अन्तिम खेल हो । नेपालले आफ्ना ३५ खेलमा १३ मा मात्रै जित निकालेको छ, र सातौँ स्थानमा छ । ओडीआई मान्यता जोगाउन नेपाललाई आज खेल जितेर छैठौँ स्थानमा उक्लिनुपर्नेछ । अहिले अंक तालिकाको छैठौँ स्थानमा रहेको क्यानडाको २९ अंक छ भने नेपालको २८ अंक छ ।














