यू-१९ महिला विश्वकपको ड्र सार्वजनिक, नेपालमा १५ खेल आयोजना हुने

Thankot Times

थानकोट ।

यू–१९ महिला विश्वकप क्रिकेटका १५ खेल नेपालमा आयोजना हुने भएका छन् ।

प्रतियोगितामा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। कुल ४१ खेल हुने विश्वकपका खेल बंगलादेशको चटगाउँ र सिलेट तथा नेपालको काठमाडौंमा आयोजना हुनेछन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार प्रतियोगिताका कुल ४१ खेलमध्ये १५ खेल नेपालमा हुनेछन् । नेपालमा हुने खेलहरू कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सञ्चालन गरिनेछन् ।

आगामी जनवरी २१ देखि फेब्रुअरी ६ सम्म आयोजना हुने यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् ।

नेपालले पहिलो खेल जनवरी २२ मा आयरल्यान्डसँग खेल्नेछ। नेपालले दोश्रो खेल भारतसँग २४ जनवरीमा खेल्दा तेस्रो खेल वेष्ट इण्डिजसँग २६ जनवरीमा खेल्नेछ ।

नेपालका सबै तीन खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सञ्चालन हुनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *