नेपाल प्रिमियर लिग क्रिकेट-२०२६: आज कर्णाली र काठमाडौं, सुदूरपश्चिम र चितवन बीच खेल हुने

Thankot Times

थानकोट ।

नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज पहिलो खेल कर्णाली याक्स र काठमाडौं गोर्खाज र दोस्रो खेल चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच हुनेछ । पहिलो खेल मध्याह्न १२ : ३० र दोस्रो खेल बेलुका ५ बजेदेखि सुरु हुनेछ ।

जारी प्रतियोगितामा कर्णाली सरप्राइज प्रदर्शन गर्दै अंक तालिकाको शीर्ष स्थानमा छ । कर्णालीले यसअघि दुईवटा खेल खेलेको थियो, जसको नतिजा आफ्नो पक्षमा पारेको थियो । काठमाडौंले भने पहिलो खेल हारेर आज दोस्रो खेल खेल्न लागेको हो ।

कर्णाली र काठमाडौंबीचको खेल कडा प्रतिस्पर्धात्मक हुने निश्चित छ । कर्णाली लगातार तेस्रो जित निकाल्ने योजनामा छ । साथै, काठमाडौं पहिलो जितको खोजीमा छ । काठमाडौंले आजको खेलमा अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरलाई खेलाउँदै छ । वार्नर एनपीएल खेल्नका लागि आइतबार राति नेपाल आएका छन् ।

त्यस्तै, चितवन र सुदूरपश्चिमबीचको खेल पनि रोमाञ्चक हुने निश्चित छ । रवि बोपराको कप्तानीमा मैदानमा उत्रिएको चितवनले आफ्नो पहिलो खेलमा विराटनगर किङ्ग्सविरुद्ध अप्रत्याशित जित निकालेको थियो । भने, वर्षाका कारण लुम्बिनी लायन्सविरुद्धको आफ्नो दोस्रो खेल खेल्न पाएको थिएन ।

चलेका खेलाडी र ठूलो फ्यानफलोर भएको सुदूरपश्चिमले भने योपटक केही उतारचढावको सामना गरिरहेको छ । अहिलेसम्म तीन खेल खेलिसकेको सुदूरपश्चिमले एक खेलमा मात्रै जित निकालेको छ । सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनीसँग लज्जासपद हार व्यहोरेको थियो भने दोस्रो खेलमा पोखरालाई सहजै हराएको थियो । तर, वर्षाले प्रभावित तेस्रो खेल विवादबीच खेलेको सुदूरपश्चिमले विरा


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ