एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने
थानकोट ।
नेपाल आयल निगमले एलपी ग्यास उद्योगलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि बढाएको छ।
निगमका निर्देशक विनितमणि उपाध्यायका अनुसार एलपी ग्यासको बिक्री तथा वितरण प्रणालीलाई व्यवस्थित र सहज बनाउनुका साथै उपभोक्ताको हित प्रवर्द्धन गर्ने उद्देश्यले उद्योग गाभ्ने नीति अघि सारिएको हो।
यसका लागि निगमले विभिन्न नाम र ब्रान्डमा सञ्चालनमा रहेका सबै एलपी ग्यास उद्योगलाई पत्राचार गर्दै एकीकरणको कार्ययोजना तयार गरी प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।











