काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज दुई खेल हुँदै छन् ।
त्रिवि क्रिकेट मैदानमा आज मध्याह्न १२:३० बजे विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्स तथा बेलुकी ५ बजे लुम्बिनी लायन्स र कर्णाली याक्सबीच खेल हुनेछ ।
आजका खेल सबै टिमका लागि महत्त्वपूर्ण छन् । ५ खेलबाट ७ अंक बटुलेर अंकतालिकामा तेस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जितेर शीर्षस्थानमा रहँदै प्लेअफमा पुग्ने लक्ष्यमा छ । भने, अन्य टोलीलाई आजको खेल जित्ने पर्ने दबाब छ ।
५ खेलमा ४ अंकसहित सातौँ स्थानमा रहेको कर्णालीलाई प्लेअफ सम्भावना जीवित राख्नका लागि आज जित्नै पर्छ ।
उता, ५ खेलबाट ४ अंक बटुलेको विराटनगर पनि प्लेअफ सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने बाध्यतामा छ । ५ मध्ये १ खेल मात्रै जितेको पोखराको प्लेअफ ढोका लगभग बन्द भएको छ । त्यही पनि ऊ आफ्नो प्रतिष्ठाको लागि आज खेल जित्ने दाउमा छ ।