नेपाली यू-१९ महिला क्रिकेट टोलीको घोषणा
थानकोट ।
भारतसँगको यू–१९ महिला ट्वान्टी–२० क्रिकेट शृंखलाका निम्ति नेपाली टोलीको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार (कात्तिक २४) यही नोभेम्बर १२ देखि २२ तारिखसम्म सञ्चालन हुने शृंखलाका निम्ति सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा कप्तान सोनीसहित रचनाकुमारी चौधरी, रीया शर्मा, प्रिन्सा रानामगर, टीका साह, अञ्जिला पाठक, साक्षी यादव, सावित्री धामी, मनीषा चौधरी, आशिकाकुमारी महरा, आस्ना चौधरी, प्रथा श्रेष्ठ, ज्योत्स्निका मरासिनी, पूर्णिमा राजवंशी र तिर्सना विश्वकर्मा छन् ।
नेपाली टोलीले आउँदो वर्ष आयोजना हुने विश्वकपको तयारीका निम्ति भारत भ्रमण गर्न लागेको हो ।
विश्वकपकै तयारीस्वरूप नेपाली टोलीले हालै चीन भ्रमण पनि गरेको थियो । उक्त प्रतियोगितामा नेपालले उपाधि जितेको थियो ।











