काठमाडौंसहित देशका विभिन्न स्थानमा असिनासहित वर्षा
थानकोट ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा भाइटीकाको दिन वर्षा भएको छ ।
बुधबार दिउँसो असिनासहितको वर्षा भएको हो ।
काठमाडौं उपत्यकासहित धादिङ, नुवाकोटका विभिन्न स्थानमा असिनासहित वर्षा भएको हो ।
अचानक परेको असिनापानीले उपत्यकाको जनजीवन सामान्य प्रभावित बनेको छ ।











