नेकपाका संयोजक प्रचण्ड आज रुस जाँदै

Thankot Times

थानकोट ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहान रुसको राजधानी मस्को प्रस्थान गर्दै छन् ।

अखिल रुसी राजनीतिक दलको आयोजनामा १४ देखि १७ नोभेम्बरसम्म आयोजना हुने ‘फर द फ्रिडम अफ नेसन’ विषयक विश्व सम्मेलनमा सहभागी हुन उनी मस्को जान लागेका हुन् ।

प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि भ्रमणमा सहभागी हुने नेपाली कम्युनिस्ट पार्टीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *