थानकोट-चित्लाङ १६ किलोमिटर क्रश कन्ट्री दाैडमा कीर्तिपुरका धर्म महर्जन पहिलो
थानकोट ।
बैकुण्ठ मानन्धर खेलकुद नेपालको आयोजना शनिबार सम्पन्न थानकोट-चित्लाङ क्रश कन्ट्री दाैड प्रतियोगितामा कीर्तिपुरका धर्म महर्जन पहिलो भएका छन् ।
निर्धारित १० माइल दूरी १ घण्टा १५ मिनेटमा पूरा गर्दै कीर्तिपुरका धर्म महर्जनले प्रतियोगितामा पहिलो स्थान प्राप्त गरेका हुन् ।
चन्द्रागिरि नगरपालिका-०४ थानकोट कोतघरबाट सुरु भएको दाैड मकवानपुरको थाहा नगरपालिका-०९ चित्लाङ पुगेर सम्पन्न भएको थियो ।
प्रतियोगितामा २५० भन्दा धेरै धावकहरूले सहभागिता जनाएका थिए ।











