बागमती प्रदेश सभाको बैठक मंसिर १५ गते बस्ने
थानकोट ।
बागमती प्रदेश सभाको बैठक मंसिर १५ गते दिउँसो १ बजे बस्ने भएको छ ।
प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै आठौँ अधिवेशनको १९औँ बैठकको मिति र समय तोकिएको जानकारी दिएको हो ।
उपसभामुख अप्सरा चापागाईँले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठक आह्वान गरेकी हुन् ।
गत भदौ ९ गते मुख्यमन्त्री किरण थापाले प्रदेश सभाबाट विश्वासको मत लिएयता बैठक बसेको छैन् ।
करिब तीन महिनाको अन्तरालपछि प्रदेश सभाको बैठक आह्वान गरिएको हो ।










