प्रधानमन्त्री बालेनले गरे मन्त्रीमण्डलमा वरीयता हेरफेर

Thankot Times

थानकोट ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रीमण्डलमा वरीयता हेरफेर गरेका छन् ।

प्रधानमन्त्री शाहले सातौँ स्थानमा रहेकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई तेस्रो वरीयतामा ल्याएका छन् ।

गौतम तेस्रो स्थानमा आएसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधारमन्त्री सुनील लम्सालको वरीयता एक–एक स्थान तल झरेको छ ।

प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार हेरफेरपछिको मन्त्रीमण्डलको सूची सार्वजनिक गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *