एसिया कप राइजिङ स्टार्सको उपाधिका लागि श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुने
थानकोट ।
एसिया कप राइजिङ स्टार्सको उपाधिका लागि श्रीलंका र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ ।
शुक्रबार भएको दोस्रो सेफिफाइनलमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेसँगै फाइनल खेल्ने टोलीको टुंगो लागेको हो ।
श्रीलंका पहिलो सेमिफाइनलमा भारतलाई पराजित गरेर पहिला नै फाइनलमा पुगेको थियो ।
अब श्रीलंका र पाकिस्तानबीच आइतबार उपाधि भिडन्त हुनेछ ।










