फाल्गुन १० देखी पुनः कोरोना भाइरस विरूद्धको खोप

Thankot Times

फाल्गुन १० देखी चन्द्रागिरिका सबै स्वास्थ्य केन्द्रमा १२ वर्ष उमेर माथिका नागरिकका लागि कोरोना भाइरस विरूद्धको पहिलो र दोश्रो मात्रा तथा बुस्टर डोज खोप लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको परिपत्र अनुसार पहिलो र दोश्रो मात्रामा जुनसुकै कम्पनीको खोप लगाइएको भएपनि बुस्टर डोजमा फाइजर खोप लगाइने बताइएको छ ।
यो अभियान फाल्गुन १६ गतेसम्म जारी रहनेछ यस अवधिमा सञ्चालन हुने खोप कार्यक्रमका लागि स्थानीय स्वास्थ्य केन्द्रले छुट्टै तालिका सार्वजनिक गर्न सक्ने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *