त्रिवि मैदानमा नेपाल र पिएनजी भिड्दै, खेल बिहान ९ः३० बजे

Thankot Times

थानकोट, चैत्र ११ ।

नेपाल र पपुवा न्यूगिनी (पीएनजी) बीच आज पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुँदैछ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको नेपाल क्रिकेट संघले जनाएको छ ।

नेपालले पीएनजीसँग शुक्रबार र शनिबार गरी दुई अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ भने सोमबारदेखि नेपाल, पीएनजी र मलेसिया सम्मिलिति टी-२० अन्तर्राष्ट्रिय श्रृङ्खला कीर्तिपुरमै हुनेछ । जहाँ पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्नेछ । टी-२० श्रृङ्खलामा एक टिमले अर्को टिमसँग दुई-दुई खेल खेल्नेछ ।

क्यानले नेपाल र पीएनजीबीचको एक दिवसीय तथा मलेसियासिहतको टी-२० श्रृंखला आयोजनाका लागि १ करोड ४२ लाख ६० हजार रुपैयाँ खर्च लाग्ने बताएको छ ।

नेपाल र पीएनजीबीच हुने एक दिवसीय अन्तर्राष्ट्रियमा म्यान अफ दि म्याचले १५० डलर पुरस्कार पाउने क्यानका कोषाध्यक्ष रोसन सिंहले जनाकारी दिए । म्यान अफ दि सिरिजले ३०० डलर पुरस्कार पाउने छन् । त्यस्तै टी-२० सिरिजमा म्यान अफ दि म्याचले १०० डलर र म्यान अफ दि सिरिजले ५०० डलर पुरस्कार पाउने क्यानले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *