चन्द्रागिरि हिल्समा नव प्रतिभा प्रोत्साहन कार्यक्रम

Thankot Times

थानकोटस्थित अग्रसर पुस्तकालयले मंगलबार नव प्रतिभा प्रोत्साहन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रम अन्तर्गत चन्द्रागिरि हिल्समा थानकोट क्षेत्रका बालबालिकाहरू बीच चित्रकला, कविता, निबन्ध लेखन विधामा प्रतिस्पर्धा गराई उत्कृष्ठ रचना गर्ने बालबालिकाहरूलाई पुरस्कृत गरिएको थियो ।

प्रतियोगितामा ७० बढी बालबालिकाको सहभागिता रहेको थियो । १० वर्षमुनिका बालबालिकाहरूको चित्रकला प्रतियोगितामा मनोज बलामी पहिलो, ऋतिक गिरी दोस्रो र अर्जुनसिंह चौधरी तेस्रो हुनुभयो । यस विधामा २० बालबालिकाको सहभागिता रहेको थियो।

यसैगरी १० वर्षमाथिको चित्रकला प्रतियोगितामा ममता पहिलो, एञ्जल आलेमगर दोस्रो र सञ्जिता श्रेष्ठले तेस्रो स्थान हात पार्नुभयो । यस विधामा ३३ बालबालिकाले भाग लिएका थिए। खुला लेखन प्रतियोगितामा अपेक्षा गिरी, सफरोन बलामी र प्रभासन श्रेष्ठले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हात पार्नुभयो। खुला लेखनमा १७ जनाले सहभागिता जनाएको पुस्तकालयका थिए।

प्रतियोगिताको निर्णायकको भूमिका साहित्यकार मुकुन्द आचार्य र भीमनारायण श्रेष्ठले निर्वाह गर्नुभएको थियो। प्रतियोगिताका विजेतालाई पुस्तकालयका संरक्षक सानुकाजी खड्गी, चन्द्रागिरि हिल्सका विनायक पन्त, साहित्यकार मुकुन्द आचार्य, भीमनारायण श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभयो।

चन्द्रागिरि–४ मा रहेको पुस्तकालयले प्रत्येक वर्ष नव प्रतिभा प्रोत्साहन कार्यक्रम गर्दै आएको पुस्तकालयका सचिव ईश्वर बलामीले जानकारी दिनुभयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *