आज झिसमिसेबाटै चन्द्रागिरि केबलकार सञ्चालन हुनुको कारण यस्तो रहेछ
थानकोट ।
थानकोटस्थित चन्द्रागिरि केबलकारको सञ्चालन समय तीन दिनका लागि परिवर्तन भएको छ ।
हिजो सोमबार बिहान एक सूचना जारी गर्दै चन्द्रागिरि हिल्सले केबलकार सञ्चालनको समयमा हेरफेर हुने जनाएको हो ।
केबलकारको नियमित मर्मत संभार कार्यका लागि आज साउन १९ गते मंगलबारदेखि साउन २१ बिहीबार सम्मका लागि केबलकार सञ्चालन समय बिहान १० बजे तोकिएको चन्द्रागिरि हिल्सले जनाएको छ ।
यसअघि केबलकार बिहान ८ बजेबाट सञ्चालन हुँदै आएको थियो ।
साउन २२ गते शुक्रबारदेखि चन्द्रागिरि केबलकार सञ्चालनको समय पूर्ववत् हुने कम्पनीले जनाएको छ ।










