फागुन २१ गते बलम्बुमा चन्द्रागिरि नगरका पुराना तस्बिरहरूको प्रदर्शनी आयोजना हुने

Thankot Times

थानकोट, फागुन २० ।

पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी अन्तर्गत फागुन २१ गते शनिबार पश्चिम काठमाण्डाैको प्राचीन बस्ती बलम्बुमा एक दिने फोटो प्रदर्शनी आयोजना हुने भएको छ । थानकोट टाइम्सको मुल प्रायोजनमा फोटो म्युजियम नेपालको संयोजनमा चन्द्रागिरि नगरका विभिन्न स्थानमा यस क्षेत्रका पुराना तस्बिरहरूको प्रदर्शनी आयोजना भइरहेको छ । चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा आयोजित फोटो प्रदर्शनीमा यस क्षेत्रका १२० वटा पुराना तस्बिर तथा स्केचहरूको प्रदर्शनी हुनेछ । बलम्बुस्थित लाछीमा बिहान १० बजेबाट सुरू हुने कार्यक्रमलाई बलम्बु सहकारी समुहले स्थानीय साझेदारका रूपमा सहयोग गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *