सुनको मूल्य एकैदिन २ हजार रुपैयाँले बढ्यो, तोलाको १ लाख १ हजार नाै सय

Thankot Times

थानकोट, फागुन २२ ।

आइतबार सुनको मूल्य १ लाख रुपैयाँ नाघेको छ । गत शुक्रबारको तुलनामा आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँ पुगेको छ । शुक्रबार भने सुनको मूल्य प्रतितोला ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।अघिल्लो करोबार दिन अर्थात् शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो । आइतबार भने प्रतितोला ३५ रुपैयाँ बढेर चाँदीको मूल्य १ हजार ४१५ रुपैयाँ कायम भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *