फागुन २८ गते शनिबार चेकपोष्टमा पुरानो चन्द्रागिरि हेर्न पाइने

Thankot Times

थानकोट, फागुन २२ ।

पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी अन्तर्गत फागुन २८ गते शनिबार चन्द्रागिरि नगरपालिका-६ चेकपोष्टमा एक दिने फोटो प्रदर्शनी आयोजना हुने भएको छ । थानकोट टाइम्सको मुल प्रायोजनमा फोटो म्युजियम नेपालको संयोजनमा चन्द्रागिरि नगरका विभिन्न स्थानमा यस क्षेत्रका पुराना तस्बिरहरूको प्रदर्शनी आयोजना भइरहेको छ । चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा आयोजित फोटो प्रदर्शनीमा यस क्षेत्रका १२० वटा पुराना तस्बिर तथा स्केचहरूको प्रदर्शनी हुनेछ । यसअघि चन्द्रागिरि १४ पुरानो नैकाप तथा चन्द्रागिरि १२ बलम्बुमा आयोजित प्रदर्शनी कार्यक्रममा स्थानीयहरूको उल्लेख्य सहभागिता पाइएको थियो । चन्द्रागिरि-७ चेकपोष्टस्थित देउराली युवा जागरण क्लबले प्रदर्शनी आयोजनामा सहजीकरण गर्ने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *