चुच्चे नक्सा समेटिएको १ रुपैयाँका सिक्का निष्काशन हुँदै

Thankot Times

थानकोट, फागुन २४ । 

नेपाल राष्ट्र बैंकले भोलि बुधबारबाट १ रुपैयाँका नयाँ सिक्का चलनचल्तीमा ल्याउने भएको छ । सुनौलो रङ्गमा टकमरी गरिएका सिक्का चलनचल्तीमा आउने भएको छ । नयाँ सिक्काको अगाडिको भागमा हिमाल, पहाड र तराईको पृष्ठभूमिका साथमा सात प्रदेशसहितको नयाँ चुच्चे नक्सा समेटिएको छ । सिक्काको माथिल्लो भागमा अंग्रेजीमा ‘आरई वान’ लेखिएको छ भने तल्लो भागमा १ रुपैयाँ लेखिएको छ ।

सिक्काको पछाडिको भागमा सगरमाथाको चित्र अंकित गरिएको छ । त्यसकै मुनि अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको छ । सगरमाथा चित्रको बाहिरपट्टि वरिपरि चन्द्र, सूर्य, चक्र, संख, पद्यको साना आकृति दिइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *