थानकोटः पहिले कस्तो देखिन्थ्यो, अहिले कस्तो भयो ? चैत्र ५ गते साझाघरमा फोटो प्रदर्शनी हुने

Thankot Times

थानकोट, फागुन ३० ।

बहुप्रतिक्षित कार्यक्रम पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी चैत्र ५ गते शनिबार चन्द्रागिरि-०४ थानकोटमा आयोजना हुने भएको छ ।

स्थानीय साझाघरमा हुने प्रदर्शनीमा चन्द्रागिरि नगरक्षेत्रमा करिब १६० वर्षअघि कोरिएका स्केचहरू सहित चन्द्रागिरि क्षेत्रका १ सय २० वटा पुराना तस्बिरहरू समावेश हुनेछन् । प्रदर्शनीमा यस क्षेत्रका ३६ वटा पहिले र अहिले तुलनात्मक तस्बिरहरू समेत प्रस्तुत हुने बताइएको छ ।

चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा आयोजना भइरहेको प्रदर्शनी फोटो म्युजिमय नेपालले संयोजन गरेको हो । यसअघि चन्द्रागिरि १३ पुरानो नैकाप, चन्द्रागिरि १२ बलम्बु तथा चन्द्रागिरि ६ चेकपोष्टमा पुरानो फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न भइसकेको छ जहाँ स्थानीयहरूको उत्साहजन सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *