थानकोटमा पुरानो चन्द्रागिरि हेर्न स्थानीयको भीड

Thankot Times

थानकोट, चैत्र ५ ।

बहुप्रतिक्षित पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी अन्तर्गत शनिबार चन्द्रागिरि-०४ थानकोटमा आयोजित अन्तिम कार्यक्रममा स्थानीयहरूको उल्लेखनीय उपस्थिति पाइएको छ ।

स्थानीय साझाघरमा आयोजित प्रदर्शनीमा चन्द्रागिरि नगरक्षेत्रमा करिब १७० वर्षअघि कोरिएका स्केचहरू सहित १ सय २० वटा पुराना तस्बिरहरू समावेश गरिएका थिए । कार्यक्रममा समावेश भएका तस्बिरहरू खिच्न स्थानीयहरूले निकै समय खर्चिएको देख्न सकिन्थ्यो ।

थानकोटका सलिम श्रेष्ठले आफुले देख्दा देख्दै थानकोट वरपर देखिएका परिवर्तनले आफु निःशब्द भएको प्रतिक्रिया दिनुभयो ।

यस क्षेत्रका पुराना तस्बिरहरूको अवलोकन पछि पछिल्लो पुस्ताका लोकप्रिय र्यापर बालेन शाहले यस खालका कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताउनु हुँदै यस्ता कार्यक्रमले हाम्रा गतिविधिले समग्र समाजमा पारेको प्रभाव अध्ययनमा ठूलो महत्व राख्ने धारणा राख्नुभयो ।

चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा आयोजना भएको प्रदर्शनी फोटो म्युजिमय नेपालले संयोजन गरेको थियो । यसअघि चन्द्रागिरि १३ पुरानो नैकाप, चन्द्रागिरि १२ बलम्बु, चन्द्रागिरि ०६ चेकपोष्टमा यो कार्यक्रम सम्पन्न भइसकेको थियो जहाँ स्थानीयहरूको उत्साहजन सहभागिता रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *