‘द हन्ड्रेड’ मा सन्दीपले पाेहाेर खेल्न पाएनन्, याे साल कुनै टोलीले छानेनन्

Thankot Times

थानकाेट । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने द हन्ड्रेड (एक सय बलको खेल) प्रतियोगितामा यसपटक पनि खेल्न नपाउने भएका छन् । गत संस्करणमा भिसा समस्या भएर सहभागिता जनाउन नसकेका सन्दीप याे सिजन कुनै टोलीमा अनुबन्धित हुन सकेनन् । मंगलबार साँझ सम्पन्न ड्राफ्टमा सन्दीपलाई अनुबन्ध गर्न कुनैपनि टोलीले रुचि देखाएनन् । सन्दीपले अक्सनमा ६० हजार पाउन्ड स्ट्रर्लिङ ( झण्डै १ करोड नेपाली रुपैयाँ) मूल्य तोकेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *