गेजुवाबाट खोसियो बुढीगण्डकी, सरकार आफैंंले बनाउने निर्णय

Thankot Times

थानकोट ।

सरकारले बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १२ सय मेगावाटको राष्ट्रिय गौरवको जलाशाययुक्त बुढीगण्डकी जलविद्युत आयोजना चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडबाट खोसेर स्वदेशी लगानीमा बनाउने निर्णय गरेको हो।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले यो आयोजना स्वदेशी लगानी मै बनाउने गरि मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो। सोहि अनुसार सरकारले आयोजना चाइना गेजुवाबाट खोसेर स्वदेशी लगानीमा नै बनाउने निर्णय गरेको हो। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा २०७५ मा मन्त्रिपरिषदले इन्जिनियरिङ, प्रोक्योरमेन्ट, कन्स्ट्रक्सन एन्ड फाइनान्सिङ (ईपीसीएफ) मोडलमा बूढीगण्डकी बनाउन गेजुवालाई दिने निर्णय गरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *