नेपाली बजारमा आज एकैदिन १२ हजार ६ सयले घट्यो सुनको मूल्य
थानकोट ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा १२ हजार ६ सय रुपैयाँले घटेर २ लाख ७१ हजार ७ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन तोलामा २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी तोलामा १५५ रुपैयाँ घटेर आज ३ हजार ७ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
सोमबार चाँदी प्रतितोला ३ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।











