उपकार लघुवित्तको आईपीओ बिक्री खुल्यो, चैत २९ गतेसम्म आवेदन दिन सकिनेछ

Thankot Times

थानकोट, चैत्र २५ ।

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।

लघुवित्तले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा दुई करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको दुई लाख ३६ हजार २५० कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

कम्पनीको आईपीओमा छिटोमा चैत २९ र ढिलोमा ०७९ वैशाख ९ गतेसम्म आवेदन दिन सकिनेछ । न्यूनतम १० र अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *