बलेफी हाइड्रोपावरको आईपीओ गोलाप्रथाबाट आज बाँडफाँट हुँदै

Thankot Times

थानकोट, चैत्र २९ ।

सिन्धुपाल्चोकस्थित बलेफी हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुने भएको छ। बिहान ९ बजे लक्ष्मण बाबु भवन, नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। यसको प्री-अलोटमेन्ट भने शुक्रबार सम्पन्न भइसकेको छ।

यसमा मागभन्दा १५ दशमल ७६ गुणा बढी आवेदन परेको छ। यसर्थ गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ।  कुल २२ लाख ६९ हजार ४१६ जनाले २ करोड ६२ लाख २२ हजार ९७० कित्ताका लागि आवेदन दिएका छन्। जसमा १ लाख ६६ हजार ३४५ जनाले मात्र सेयर हात पार्नेछन्। बाँकी २१ लाख ३ हजार ६८ जनाको भने हात खाली हुनेछ।

📢  थानकोट टाइम्समा प्रकाशित कुनै सामग्री पुनः प्रेषित गर्न चाहनुहुनेले अनिवार्य रूपमा श्रोत खुलाउन हुन अनुरोध छ । साथै, थानकोट टाइम्समा प्रकाशित कुनै सामग्रीबारे गुनासो एवं जानकारी भए हामीलाई [email protected] मा इमेल गर्न हुन अनुरोध गर्दछौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *