दिपेन्द्र सिंह ऐरीको अर्को कीर्तिमान, आईसीसीको वरियतामा शीर्ष १० भित्र पहिलो नेपाली

Thankot Times

थानकोट, चैत्र ३० ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्र सिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को वरियतामा शीर्ष १० भित्र पर्न सफल भएका छन्।

आईसीसीले सार्वजनिक गरेको टी–२० अन्तर्राष्ट्रिय अलराउण्डर वरियतातर्फ दीपेन्द्र १० औँ स्थानमा पर्न सफल भएका हुन्।

दीपेन्द्रले नेपालमा केही समयअघि सम्पन्न नेपाल, पपुवा न्यु गिनी र मलेसिया सम्मिलित त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए। सिरिजमा दुई अर्धशतक र एक शतक बनाएका उनी म्यान अफ दि सिरिज घोषित भएका थिए।

वरियताको पहिलो नम्बरमा अफगानिस्तानका मोहम्मद नाबी रहेका छन्। यस्तै बंगलादेशका साकिब अल हसन दोस्रो र इंग्ल्याण्डका मोइन अली तेस्रो स्थानमा छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *