नेपालमा थप १४ जनामा कोरोना संक्रमण

Thankot Times

थानकोट, वैशाख २ ।

नेपालमा पछिल्लो २४ घन्टामा थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १४ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार ३ हजार ९०३ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।  ३ हजार ३० जनाको पिसिआर र ८ सय ७३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ। अहिले देशभर ४ सय ३८ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा मुलुकभर ५५ जना संक्रमण मुक्त भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *